भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ । 

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रूपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादसैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ । पूजा सकिएपछि सुजमारीमा भक्तजनहरूलाई दर्शनका लागि राखेर विधिवत् रूपमा कुमारी घर पुर्‍याएर जात्रा सम्पन्न गर्ने गरिन्छ । 

बडादसैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ । पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

Logo