देशका विभिन्न स्थानमा एकै दिन ६ जना मृत फेला

देशका विभिन्न स्थानमा एकै दिन ६ जना मृत फेला

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन्। उदयपुर, सप्तरी, दाङ, बैतडी, बर्दिया र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

उदयपुरको कटारी नगरपालिका–२ माझिटोलस्थित कमला खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१२ मसानघाट नजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठि कोईलाडि गाउँपालिका–५ बनरझूल्ला बस्ने ५० वर्षीया रितादेवी साह शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित महाकाली नदी किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

उता दाङको घोराही उपमहानगरपालिका–३ स्थित गोग्ली सोता खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँ बस्ने ४६ वर्षीय रामप्रसाद तिवारी र कैलालीको धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदी नजिक शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ। यी घटनाहरूका बारेमा थप अनुसन्धान भइरहेकाे बताइएकाे छ। 

Logo