दसैँ अवधिमा भएका दुर्घटनामा चितवनमा ९ को मृत्यु

दसैँ अवधिमा भएका दुर्घटनामा चितवनमा ९ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

दसैँको समयमा भएका दुर्घटनामा परी चितवनमा ९ जनाको मृत्यु भएको छ ।

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा ९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।

सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए ।

मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए।

तीव्र गति, क्षमताभन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए। जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ ।

चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनले बताए ।

Logo