सिन्धुपाल्चोकमा ३५ जना सवार बस दुर्घटना, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा ३५ जना सवार बस दुर्घटना, दुईको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

दोलखाबाट काठमाडौँ जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका–७, पाँच किलो नजिकै दुर्घटना भएको हो। 

ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिएका छन् । 

बसमा चालक र सहचालक सहित ३५ जना सवार रहेको उनले बताएका छन् । केन्द्रविन्दुसँग कुरा गर्दै डिएसपी बस्नेतले भने ‘बस रिजर्भ लिएर काठमाडौँ जाँदै गरेको थियो । दुई जनाको अवस्था गम्भीर भएकाले धुलिखेल अस्पताल पठाइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’  

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीरः दिनेश थापाको  सामाजिक सञ्जालबाट

Logo