आजकाे माैसमः देशभर बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजकाे माैसमः देशभर बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले देशभर बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

यस्तो छ, २ दिनको माैसम पूर्वानुमान

आज
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश २ का थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश नं २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम, लम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोलि
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश २ का थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।

Logo