नुवाकोटमा बस दुर्घटना करिब १५ जना घाइते, २ को अवस्था गम्भीर

नुवाकोटमा बस दुर्घटना करिब १५ जना घाइते, २ को अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

नुवाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । जस मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको किस्पाङ गाउँपालिका १ स्थित मानेगाउँ नजिकै बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले केन्द्रविन्दुलाई जानकारी दिए ।

भाल्चेबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना सोमबार बिहान पौने १० बजे दुर्घटना भएसँगै स्थानीय, नेपाली सेना र प्रहरीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल त्रिशूली पठाइएको उनले जानकारी दिए ।

बसमा क्षमता भन्दा बढी यात्रु सवार रहेकाले बस अनियन्त्रित हुँदा पहाडको भित्तामा ठोकिएको पालिका प्रमुख लामाले बताए । ‘गाडीमा कति सवार थिए भन्ने  यकिन विवरण छैन । अन्दाजी ८० जना जति बसमा सवार रहेको अनुमान मात्र हो । जबकि बसको क्षमता ३५ देखी ४० जनासम्म मात्र रहेको छ ।’ उनले भन ‘सामान्य चोटपटक लागेकाहरू ३० जना भन्दा बढी छन् । करिब १५ जना घाइते अवस्थामा छन् । जस मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।’

आफूहरू अस्पताल तर्फ जाँदै गरेको र घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

Logo