आजकाे माैसमः देशका अधिकांश क्षेत्रमा वर्षा र केही भागमा हिमपातको सम्भावना

आजकाे माैसमः देशका अधिकांश क्षेत्रमा वर्षा र केही भागमा हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले देशका अधिकांश क्षेत्रमा बदली रही वर्षा भइरहेको छ। प्रदेश १,  २, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान
मंगलबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरू र प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ र प्रदेश नं २ का एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार
दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरू र प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Logo