बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

आइतबार साँझदेखि सुरु भएको वर्षा अझ दुई दिनसम्म जारी रहने भनिएकाले नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो। 

तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरूका अधिकारीलाई आआफ्नो क्षेत्रमा सतर्कताका लागि सूचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। 

बैतडीको महाकाली तटीय क्षेत्रका स्थानीय तहहरूमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेका छन्। 

यसैगरी, जिल्लाको सिगास गाउँपालिकाका केही वडाहरू सेती नदी तटीय क्षेत्रमा रहेका छन् भने डिलाशैनी गाँउपालिकाको केही भूभाग चौलानी नदी तटीय क्षेत्रमा रहेको छ।

यसैगरी, सूर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका  शिवनाथ गाउँपालिकाका केही भूभाग सूर्नया नदीको तटीय क्षेत्रमा पर्दछन्। नदीहरूको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यद्यपि, अहिलेसम्म नदीको बहाव खतराको सतहसम्म भने पुगेको छैन। तर, अझै तीन दिनसम्म लगातार वर्षा जारी रहने मौसमविद्ले बताएका छन्।

Logo