महाकाली नदीकाे बीचमा बनेकाे टापुमा पाँच जना फसे, हेलिकोप्टरबाट उद्धारको तयारी

महाकाली नदीकाे बीचमा बनेकाे टापुमा पाँच जना फसे, हेलिकोप्टरबाट उद्धारको तयारी

केन्द्रबिन्दु
0
Shares

वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बीचमा बनेको टापुमा पाँच जना फसेका छन्। 

कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँच जना फसेका हुन्। उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले बताए।  

अविरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँच जना फसेको प्रहरीले जनाएको छ। उनीहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ।

Logo