ग्याँस बुलेट दुर्घटना भएर जाम भएको नागढुङ्गा सडकखण्ड सुचारू

ग्याँस बुलेट दुर्घटना भएर जाम भएको नागढुङ्गा सडकखण्ड सुचारू

केन्द्रबिन्दु
0
Shares

ग्याँस बुलेट पल्टेर जाम भएको नागढुङ्गा सडक खुलेको छ। धादिङबाट काठमाडौं आउँदै गरेको बुलेट गए राति नागढुङ्गा नजिक पिप्लामोडमा पल्टिएको थियाे।

त्रिभुवन राजपथ अन्तर्गत पिप्लामोडमा ग्याँस बुलेट पल्टिदा नौबिसे–नागढुङ्गा सडकमा गाडीको लामो लाइन लागेको थियो। अहिले दुईतर्फी नै सडक खुलेको ट्राफिक प्रहरीले जनाएको छ।

यस सडकमा अहिले पनि गाडीको चाप छ। दशैंको समयमा ओहोरदोहोर गर्ने यात्रु धेरै भएकाले सडकमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ। सडक खुलेसँगै रोकिएका गाडि र यात्रु गन्तव्यमा लागेका छन्।

Logo