सरकार र अनसनरत रुवी खानबीच एक साताभित्रै प्रतिवेदन बुझाउने गरी सहमति

सरकार र अनसनरत रुवी खानबीच एक साताभित्रै प्रतिवेदन बुझाउने गरी सहमति

केन्द्रबिन्दु
0
Shares

सरकार र आमरण अनसनरत रुवी खानसहित नेपालगञ्‍जबाट आएर धर्नामा बसेका महिला प्रदर्शनकारीहरुबीच सहमति भएको छ।

मानवअधिकारकर्मी मोहना अन्सारीका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो।

नेपालगञ्‍जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्‍जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए। उनीहरु माइतीघर मण्डलामा लगातार अनशनरत छन्।

यसैबीच रुवी खानलाई बहुविवाहको नक्कली मुद्दामा फसाउन पक्राउ गरी नेपालगञ्‍ज लगिएको थियो । उनलाई प्रहरीले रिहाइ गरिसकेको छ ।

Logo