काठमाडौं उपत्यकामा ३५४ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३५४ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ३५४ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा २४३, भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।  

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३०५ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ६ हजार ५१७ र एन्टीजेनबाट ९३ हजार ५६९ पुगेको छ। 

हालसम्म ४३ लाख ३६ हजार ६१८ पीसीआर र ६ लाख ३५ हजार ७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

नेपालमा हाल ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन्। 

Logo