काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौंमा बिहानै घाम लाग्यो, आज कहाँ-कहाँ पर्छ पानी ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ। न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।  

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अब हिजो, अस्ति जस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ। बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ।

दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ। महाशाखाका अनुसार  दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। 

शुक्रबार प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।

Logo