अविरल वर्षाले हुम्लामा २० घर भत्किए, १०० घर उच्च जोखिममा

अविरल वर्षाले हुम्लामा २० घर भत्किए, १०० घर उच्च जोखिममा

केन्द्रबिन्दु
0
Shares

आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन्। एक सय घर उच्च जोखिममा परेका छन्।

सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्णरुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए। ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिकाे अनुमान गरिएकाे उनले बताए। 

सर्केगाड-२ रिप गाउँमा एक घर भत्किएको छ। सर्केगाड-४ को साँयामा ११ घरमा क्षति पुगेकाे छ।

अदानचुली गाउँपालिका-१ को कल्खेमा पहिराेले तीन घरमा क्षति गरेको छ। दशरथ महतारा, धनलाल भियालर मानबहादुर महताराको घरमा क्षति पुगेकाे प्रहरीले जानकारी दिएकाे छ। 

अदानचुली गाउँपालिका-४ मा लौठीका ३० घर पहिरोको उच्च जाेखिममा छन्। लौठी गाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहेकाे वडाध्यक्ष दत विष्टले जानकारी दिए।न्युज कारखाना

Logo