बाढीपहिरोको कहरः मृत्यु हुनेको संख्या एक सय नाघ्यो, ४१ जना बेपत्ता

बाढीपहिरोको कहरः मृत्यु हुनेको संख्या एक सय नाघ्यो, ४१ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

बेमौसमी वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १ सय १ जना पुगेको छ ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा ७ जना र बागमती प्रदेशमा १ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको छ ।

यसका साथै १ नम्बर प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा ४ जना गरी जम्मा ४० जना घाइते भएका छन् । 

उता बाढी पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा २३ जना, १ नम्बर प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ३ जना, २ नम्बर प्रदेश तथा कर्णाली प्रदेशमा १/१जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् भने ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालय क्षतिग्रस्त भएको छ । १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ भने सो अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।

Logo