ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

ग्राहक खाेज्न हिँडेका दुई जना २२ तोला सुन र १८ लाख नगदसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।

रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख नगद फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ। नगद १८ लाख भने जेब्रा झोलाभित्र रातो ब्यागमा फेला परेको थियो। बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ।

दुबै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न ग्राहक खाेज्न निस्किएका थिए। सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ। के हो भन्ने थप अनुसन्धानबाट खुल्नेछ।’न्युज कारखाना

Logo