ठूलो वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरियाे, यस्ताे छ तीन दिनकाे माैसम

ठूलो वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरियाे, यस्ताे छ तीन दिनकाे माैसम

केन्द्रबिन्दु
0
Shares

ठूलो वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमी प्रणाली बाहिरिएपछि ठूलो वर्षाको सम्भावना नरहेको हो।

बिहीबारदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको मौसमविद् समीर श्रेष्ठले बताए। ‘मंगलबार र बुधबार ठूलो वर्षा गराउने प्रणाली बाहिरिइसकेको छ,’ उनले भने, ‘त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’

यस्तो छ तीन दिनको पूर्वानुमान

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली छैन।

आज
दिउँसो: प्रदेश न १, प्रदेश न २, वाग्मती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

Logo