उपचारमा ढिलाइ भएको भन्दै चितवनमा अस्पतालमा तोडफोड

उपचारमा ढिलाइ भएको भन्दै चितवनमा अस्पतालमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ । राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् ।

तमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाहरूले उपचारमा ढिलाइ भएको झोकमा अस्पतालमा तोडफोड गरेका हुन् । पहिचान खुल्न नसकेका युवाहरूले अस्पतालका सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्ची भाँचिएका छन् । प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा ‘अनटेष्ट’ मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन् । सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने डिएसपी रानाले बताए । न्युज कारखाना

Logo