कोरोना अपडेटः ९३२ जना कोरोना संक्रमण मुक्त, ७०८ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ९३२ जना कोरोना संक्रमण मुक्त, ७०८ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ९३२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३३७ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ८ हजार ९६ र एन्टीजेनबाट ९३ हजार ९०५ पुगेको छ। 

नेपालमा हाल १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन्।

Logo