बाँकेको एउटा गाउँ, जहाँ बाढी नआए चुलो बल्दैन

बाँकेको एउटा गाउँ, जहाँ बाढी नआए चुलो बल्दैन

केन्द्रबिन्दु
0
Shares

पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षतविक्षत समेत भएको छ । तर बाँके डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको सिमानामा रहेको राप्ती नदी किनारमा भने मेला जस्तै चहलपहल छ । 

नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्ने नौ वर्षका बालबालिकादेखि ६८ वर्षका वृद्धवृद्धासम्म जुटेका छन् । बाढीमा बग्दै आएको काठ दाउरा संकलन गर्न उनीहरूले ज्यान नै जोखिममा राख्ने गरेका छन् । 

हुलाकी सडकको पक्की पुल मुन्तिर दाउरा संकलन गरिरहेका डुडुवा गाउँपालिका–३ हल्कारापुरका ६८ वर्षीय चेतराम यादव यो बेला काठ दाउरा संकलन नगरे वर्षभरि घरको चुलो नबाल्ने बताउँछन् । उनले भने, ‘गाउँ नजिक वन जंगल छैन । चुलो बाल्न गोबर गुइँठाले मात्र सम्भव छैन । त्यसैले राप्तीमा बाढी आएको बेलामा जोखिम मोलेरै भए पनि दाउरा संकलन गर्न बाध्य छौँ ।’

हल्कारापुर गाउँका बासिन्दा पनि नदीमा बाढी आएपछि काठ दाउरा संकलन गर्न पुग्छन् । नदी तटमा नौं वर्षीय मुकेश यादव पनि भेटिए । अंकुश बोकेका उनी पनि बाढीले बगाएको काठ तानिरहेका थिए । हल्कारापुर कै १४ वर्षीया संगीता यादवले पनि दाजु रामकिसन यादवसँग दाउरा संकलन गर्न नदी किनारा आएको बताइन । उनीहरू हरेक वर्ष बाढी आएको बेला यसरी नै आउने गरेको बताइन । उर्लदो नदीबाट दाउरा संकलन नगरे वर्षभरि चुलो नबाल्ने उनले बताइन । न्युज कारखाना

Logo