हिमानी कोषले गर्यो कला, खेलकुद, साहित्यिक क्षेत्रका व्यक्तिहरुसँग शुभकामना साटासाट

हिमानी कोषले गर्यो कला, खेलकुद, साहित्यिक क्षेत्रका व्यक्तिहरुसँग शुभकामना साटासाट

केन्द्रबिन्दु
28
Shares

हिमानी कोषले कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा अलौकिक योगदान दिएका ब्यक्तित्वहरुसँग तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ। 

शुक्रबार होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रका अग्रज ब्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा हिमानी कोषले गरेका गतिबिधिको स्लाइड शो देखाइएको थियो तर कुनै औपचारिक कार्यक्रम भने गरिएन। 

कार्यक्रममा हिमानी कोषकी अध्यक्ष हिमानी शाह, पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा क्यामरा लान निषेध गरिएको थियो। तर कार्यक्रमका सहभागीहरु हिमानी शाह र पूर्व राजा ज्ञानेन्द्र शाहसँग फोटो सेशन गर्न तँछाड मछाड गरिरहेका देखिन्थे।   

केन्द्रबिन्दुसँगको कुराकानीमा हिमानी कोषकी अध्यक्ष हिमानी शाहले भनिन्, नेपाली संगीत मौलिक रहेको छ। यसको संरक्षणका लागि लेखक, पत्रकारहरुले आवाज उठाउनु पर्छ। 

कार्यक्रममा कलाकार शिव श्रेष्ठ, भुवन केसी, करिश्मा मानन्धर, सन्तोष पन्त, सरोज खनाल, जितु नेपाल, निर्मल शर्मा लगायत सहभागी थिए।

Logo