पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्राध्यापक पक्राउ

पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्राध्यापक पक्राउ

केन्द्रबिन्दु
0
Shares

पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्राध्यापक पक्राउ परेका छन्। जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम-८ का उपप्राध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ। मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ। बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे। 

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन्।  

प्रहरीले पीडित बालिकाकाे शुक्रबार नै मेडिकल जाँच गराएको छ। प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।न्युज कारखाना 

Logo