सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।  सुर्मा गाउँपालिका–४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।

उनी हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज बिहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ ।

बोहराले किन आत्महत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रवार पनि जयपृथ्वी नगरपालिका१० का नवीन सुनारले सेती नदीमा हाम फालेर आत्महत्या गरेका थिए । न्युज कारखाना

Logo