ताप्लेजुङमा अवरुद्ध दूरसञ्चार सेवा एक सातापछि संचालनमा

ताप्लेजुङमा अवरुद्ध दूरसञ्चार सेवा एक सातापछि संचालनमा

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङमा अवरुद्ध भएकाे दूरसञ्चार सेवा एक सातापछि संचालनमा आएकाे छ। बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा शुक्रबारदेखि संचालनमा आएकाे हो।

सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो। आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो। 

अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सुरु भएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले बताए। 

नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० बढी ल्याण्डलाइन टेलिफोन, मोवाइल सेवा,इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो । 

इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ। इन्टरनेट नचलेकाले तीन दिनदेखि बैङ्किङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प बनेको थियो।

Logo