कोसीमा हाम फालेर इटहरीका दाहाल बेपत्ता

कोसीमा हाम फालेर इटहरीका दाहाल बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सप्तकोशी नदीमा हाम फालेर शनिवार एक व्यक्ति बेपत्ता भएका छन् ।

ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

नदीमा हाम फाल्ने व्यक्ति सुनसरीस्थित इटहरीका तिलक दाहाल रहेको  र उनको खोजी भइरहेको प्रवक्ता  काफ्लेको भनाइ छ।

प्रहरीले उनको लाइसेन्स, चप्पल पुलमाथि फेला परेको छ।

Logo