काठको फड्केबाट लडेर एक बालक खोलामा वेपत्ता

काठको फड्केबाट लडेर एक बालक खोलामा वेपत्ता

केन्द्रबिन्दु
0
Shares

जिल्लाको ढोरपाटन नगरपालिका–७ बोबाङमा भुजी खोला वारपार गर्न निर्माण गरिएको अस्थायी काठको फड्के तर्ने बेलामा चिप्लिएर खोलामा लडेर पाँच बर्षीय बालक वेत्तपा भएका छन्। 

शनिवार साँझ भूझी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका–७ धाराबोटका दिल बहादुर बिकका ५ बर्षीय छोरा जीवन बिक बेपत्ता भएका हुन्। उनी साथीहरुसँग खेल्ने क्रममा भुजी खोलाको साँघुबाट खसेको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जितबहादुर मुखियाले जानकारी दिए। 

विक नमुना बालविकास धारकोटमा अध्यननरत थिए।  प्रहरी र स्थानीयको सक्रियतामा बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रसनि मुखियाको भनाइ छ। नजिकैमा रहेको पुलको विकल्पमा अस्थायी रुपमा बनाइएको साँघुमा उनी खेल्न पुगेका थिए। खोला विकको घरदेखि करिब दुई सय मिटर तल पर्छ। 

यस्तै जिल्लाको जैमिनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्। जैमिनी नगरपालिका–२  ठेउले खोलाको किनारमा जैमिनी–४ सिस्नेरा बस्ने ४५ वर्षीय दलबिर सार्की मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको विषयमा केही नखुलेको प्रहरीले जनाएको छ। सार्कीलाई खोला किनारमा मृत अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

Logo