आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

केन्द्रबिन्दु
0
Shares

देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ। 

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ। 

सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो।  

Logo