आजकाे माैसमः नेपालमा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ हुन्छ वर्षा?

आजकाे माैसमः नेपालमा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ हुन्छ वर्षा?

केन्द्रबिन्दु
0
Shares

देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Logo