सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपदमा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक, एक छन् । यस्तै विपदमा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा  एक/एक जना घाइते भएका हुन्।

विपदमा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन्। पहिराेका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ। बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ। 

Logo