बोलेरो दुर्घटना हुँदा उदयपुरमा आठ जना घाइते

बोलेरो दुर्घटना हुँदा उदयपुरमा आठ जना घाइते

केन्द्रबिन्दु
0
Shares

उदयपुरको उदयपुरगढी गाउँपालिका-५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन्।

घाइते हुनेमा उदयपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का, वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल गाउँपालिका- ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिलबहादुर श्रेष्ठले जानकारी दिए।

घाइतेहरुको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।अधिकांशकाे हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। ओरालोमा आउँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक प्रहरी नियन्त्रणमा छन्।

Logo