सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

केन्द्रबिन्दु
0
Shares

सल्यानमा जिप दुर्घटना हुँदा आइतबार एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको बागचौर वाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नम्बरको जिप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । 

यस्तै दुर्घटनामा परी घाइते हुनेमा वागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ का २७ वर्षीया सीता वली, २८ वर्षीय बबिता रावल, ११ वर्षीया आशिका रेउले र जिप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ । 

घाइतेहरूको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo