बझाङमा झुण्डिएको अवस्थामा युवकको शव फेला

बझाङमा झुण्डिएको अवस्थामा युवकको शव फेला

केन्द्रबिन्दु
0
Shares

बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकायाको शव फेला परेको जानकारी दिएका छन्।

रोकाया असोज ११ गतेदेखि ससुराली बस्दै आएका थिए। रोकायाकाे शव घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल पुगेर अनुसन्धान थालिएको डिएसपी खड्काले बताए।

Logo