पाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदूत गोडरबीच भेटवार्ता, कृषिका बारेमा छलफल

पाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदूत गोडरबीच भेटवार्ता, कृषिका बारेमा छलफल

केन्द्रबिन्दु
0
Shares

काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।

राजदूत गोडरले मेयर खरेललाई पाँचखालस्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट गरेका हुन्। भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए। ‘इजरायल र पाँचखाल नगरबीच कृषि क्षेत्रलाई आधुनिकीकरण र नयाँ प्रविधि भित्र्याउने विषयमा छलफल भयो। केही समयमै यसले मुर्तरुप लिनेछ। चाँडैनै नगर र इजरायली राजदूतावासबीचमा समझदारी हुँदैछ’ मेयर खरेलले भने।

कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफलसमेत भएको थियो। साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेती प्रणाली तथा परम्परागत खेती भन्दा नगदेबालीका विषयमा तालिमसमेत दिइने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए।

पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ। पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आइरहेको छ। पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ। तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।

कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ। त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादन गर्न सकिने मेयर खरेलको विश्वास छ।

Logo