कञ्चनपुरका बाढी पीडितसँग रमेश लेखक, राहत तथा बाँध निर्माणमा पहल गर्ने प्रतिबद्धता

कञ्चनपुरका बाढी पीडितसँग रमेश लेखक, राहत तथा बाँध निर्माणमा पहल गर्ने प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले आइतबार कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितसँग भेटघाट तथा छलफल गरेका छन्। 

हालै आएको बेमौसमी वर्षाका कारण बाढीबाट जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढीबाट सबैभन्दा बढी क्षति भएको दोधारा-चाँदनीको वडा नम्बर ८, ९, १० का बाढी पीडितको भेटमा बाढी पीडितको लागि तत्काल राहत व्यवस्था गर्न सरकार र विभिन्न संघ संस्थासँग पहल गर्ने र दीर्घकालीनरुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाइ बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

पीडितहरुले बाढीका कारण करोडौंको धानबाली नस्ट भएको र सयौं जना घरबारविहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीनरुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका थिए।

दोधारा-चाँदनी नगरपालिकाका करिब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासमेतको टोलीले ४ कात्तिकमा बाढीपिडित क्षेत्रको अवलोकन गरेका थिए।

नेता लेखकले आफू सधैं यस क्षेत्रको विकासको लागि सदैब तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए।

Logo