पर्यटन बोर्डका सिइओले रक्सि खाएर कर्मचारी कुटेको खबर हल्ला मात्रै, मापसे रिपोर्ट नेगेटिभ

पर्यटन बोर्डका सिइओले रक्सि खाएर कर्मचारी कुटेको खबर हल्ला मात्रै, मापसे रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले रक्सि खाएर त्रिभुवन भन्सार कार्यालयका कर्मचारीलाई कुटपिट गरेको खबर हल्ला मात्र भएको पर्यटन बोर्डले जनाएको छ । 

रेग्मीले रक्सि खाएर कर्मचारीलाई कुटपिट गरेको गरेको खबर पाए लगत्तै काठमाडाै‌ मेडिकल कलेजमा गरिएको उनको मपासे परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको छ ।

तिहारको भाइटिकाको दिन बेलायतबाट फर्किएका सिइओ रेग्मीले विमानस्थलको भन्सार जाँच पासमा खटिएका कर्मचारीमाथि हात हालेको समाचारले चर्चा पाएको थियो ।

मदिराले मातेर आएका उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएको र  भन्सारका नायब सुब्बा सुमन थापाले ६ बोतल रक्सी एक्लैले ल्याएको कि साथमा अरु साथीहरू पनि छन् भन्दै प्रश्न गरे लगत्तै सिइओ डा. रेग्मीले थापालाई थप्पड हानेको खबर बाहिरिएको थियो ।

यद्यपी उनि पर्यटक व्यवसायी र आफ्ना कर्मचारी सहित ६ जानाको टोली लिएर नेपाल फर्किएकाे डा. रेग्मीले बताएका छन् । उनले केन्द्रबिन्दुसँगको कुराकानीको क्रममा भने ‘हामी ६ जना भएकाले ६ बोतल लिएर आएका थियाैँ । कानुनले नै एकजनाले एक बाेतल मात्र मदिरा लिएर आउन पाउने अधिकार दिएकाे छ । सामान्य विवादलाई आवस्यक्ता भन्दा बढी नै प्रचार गरिएको हो । सामान्य मिस अन्डरस्ट्यान्डीङ भएको थियो । अब कुनै पनि समस्या छैन ।’

यसै विषयमा बोर्डले विज्ञप्ति जारी गर्दै सामान्य विवादलाई सञ्चार माध्यमले कुटपिटसँग जोडेर झुटो खबर फैलाएको बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

बेलायतमा सन् २०२१ नोभेम्बर १ देखि आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट World Travel Market (WTM) 2021 मा सहभागीभई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा मिति २०७८ कार्तिक २० गते विहान नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखडा. धनन्जय रेग्मीर विमानस्थल भन्सार कर्मचारीका बीच भएको सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचार प्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार चेकजाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँचपासमा खटिएका कर्मचारीहरुको व्यवहार र ढिलासुस्तिको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरी डा. रेग्मी र बोर्डको समेत मर्यादामा आँचआउने ढंगले प्रचार गरिनु दुःखद् विषय हो ।

उक्तदिन भन्सार चेकजाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी चेकजाँच छिटो गर्न आग्रहगर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभ नभएको र सोहीक्रममा बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि बोर्डका कार्यकारी प्रमुखडा. रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथी कुटपीट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छौं । त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत र भ्रामक रहेको समेत जानकारी गराउन चाहन्छौं । कुनै पनिविषयमा समाचार सम्प्रेषण गर्नु अघि दुवै पक्षको दृष्टिकोण समावेश गर्नुपर्ने सामान्य मान्यतालाई समेत वेवास्ता गर्दै एकपक्षीय रुपमा बोर्डका कार्यकारी प्रमुख र बोर्डको छविमा समेत आँचआउने गरी प्रकाशित समाचार प्रतिनेपाल पर्यटन बोर्ड घोर भत्सर्ना गर्दछ ।

नन्दिनी लाहे थापा
प्रवक्ता
नेपाल पर्यटन बोर्ड

Logo