र्‍यापर लाहुरे लागुऔषधसहित पोखराबाट पक्राउ (भिडियाे)

र्‍यापर लाहुरे लागुऔषधसहित पोखराबाट पक्राउ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

चर्चित रियालिटी सो हिमालय रोडिजका टिम लिडर तथा र्‍यापर अशिष राना उर्फ लाहुरे लागुऔषधसहित पक्राउ परेका छन् । र्‍यापर लाहुरेसहित ४ जना बुधवार राति करिब १२ बजे पोखरा स्थित जाल्पा रोडको एक कोठाबाट ब्राउनसुगरसहित पक्राउ परेको कास्की प्रहरीले पुष्टि गरेको छ ।

पक्राउ पर्नेमा एक जना युवति समेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । उनीहरूको साथबाट करिब १३ ग्राम ब्राउन सुगर फेला परेको हो । 

केन्द्रबिन्दुसँग कुरा गर्दै डिएसपी तिवारीले भने ‘रानासहित ४ जना पक्राउ फराका छन् । जसमा एक जना युवति रहेकी छन् । लागु औषध खरिद गर्ने, बिक्री गर्ने लगायतका आरोपमा उनीहरू पक्राउ परेका हुन् । ऐले कास्की प्रहरीको हिरासतमा छन् ।’

घटनाबारे थप अनुसन्धान भइरहेको र आज सार्वजनिक बिदा भएकाले थप अदालती प्रक्रिया भोलि मात्र अघि बढ्ने डिएसपी तिवारीले बताएका छन् । लाहुरे रियालिटी सो हिमालय रोडिजका टिम लिडर मध्ये हुन् ।

 

Logo