नेपाल स्काउटकाे प्रधान कार्यालयमा ताेडफाेड, दाेषीलाई कारबाही गर्न स्काउटकाे माग

नेपाल स्काउटकाे प्रधान कार्यालयमा ताेडफाेड, दाेषीलाई कारबाही गर्न स्काउटकाे माग

केन्द्रबिन्दु
14
Shares

नेपाल स्काउटकाे प्रधान कार्यालय लैनचौरमा आज आक्रमण भएको छ। दिउँसो १ बजेर ५० मिनेट जाँदा नेपाल स्काउटकाे प्रधान कार्यालय लैनचौरमा केही आपराधिक व्यक्तिहरु प्रवेश गरि दिन दाहाडै कर्मचारीलाई हातपात, तोडफोड र चोरीसमेत गरेको भन्दै यस घटनाप्रति नेपाल स्काउटले खेद प्रकट गरेकाे छ।

नेपाल स्काउटले आज पत्रकार सम्मेलन गरि यस घटनाकाे निन्दा गरेकाे हाे । साथै आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्न स्काउटले माग गरेकाे छ । 

पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै स्काउटले प्रधान कार्यालय लैनचौरको स्वामित्वमा रहेको जग्गा र व्यवसायिक भवनहरु नियमानुसार बिभिन्न मितिमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लिलाई भाडामा दिएको तर खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले बर्षौंदेखिको ३ करोड १७ लाख ८ हजार ९ सय १० भाडा नेपाल स्काउटलाई नतिरेको जनाएकाे छ। सोहि सन्दर्भमा साेमबार नेपाल स्काउटको जग्गा तथा घरहरु भाडामा लिएको खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लिलाई अवैधानिकरुपमा बनाइएका संरचनाहरु हटाउन आग्रह गर्दा उक्त प्रालिका संचालक दिपक खड्काकै नेतृत्वमा आएका व्यक्तिहरु र नेपाल स्काउटका कर्मचारीहरुबीच वादविवाद भएको थियाे ।  

उक्त वादविवादका क्रममा नेपाल स्काउटका कर्मचारीहरुलाई धम्की दिने, मोबाइल खोस्ने र हात हाल्नेसम्मको कार्य भएकोमा पछि प्रहरी आई छलफल गरेर विवाद समाधान गर्ने सहमति भएको थियो। उक्त विवादमा उपस्थित व्यक्तिहरु नै तोडफोडमा संलग्न भएको संयोजक लोकबहादुर भण्डारीले बताए । 

संयोजक भण्डारीले  भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि नेपाल स्काउटले स्थानीय तह तथा प्रत्येक विद्यालयका बालबालिकाको संरक्षण गर्ने नेतृत्व विकास गर्ने तथा युवाहरुलाई सामाजिक काम गर्न लगाउने गथितविधिहरु गर्दै गएका थियौँ । तर बीचमा विगत लामो समय देखि स्काउटको सम्पतिलाई छड्के आँखा लगाएर सम्पत्तीलाई कब्जा गर्ने , स्काउटको सम्पत्ति प्रयोग गरेर समयमा भाडा नतिर्ने र विगतका स्काउटको नेतृत्वलाई धम्की दिने प्रक्रिया चलेको थियो । त्यसको नेतृत्व पूर्वराज्य मन्त्री समेत हुनु भएका दिपक खड्काले गर्नु भएको थियो । राज्यको उपल्लो तहमा बस्नु भएको व्यक्ति हो । उहाँ जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले राज्यको सार्वजनिक सम्मत्तिलाई संरक्षण गर्नु पर्ने दायित्व रहँदा रहँदै पनि स्काउटकोे जग्गा भाडामा लिने काम गर्नु भयो । तर सम्झौता सकिएपछि पनि सम्झौता अनुसार समय छ भनेर अदालतबाट आदेश लिएर केही समय कायम रहेको छ । त्यस समयमा रहँदा अरु स्काउटको सम्पत्तिलाई सुरक्षित गर्ने काम गरिहेका थियौँ । स्काउटले देशभरीका सम्पत्तिलाई संरक्षण गर्दागदै पनि स्काउटको सम्पत्तिलाई आकर्षमण गर्ने काम गर्ने र यहाँको लामो देखि ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा तिर्नु पर्ने छ तर स्काउटले बारम्बार पत्रचार गर्दा समेत भाडा तिरेको छैन । भाडा तिर्न भन्दा हाम्रा कर्मचारीहरुलाई धम्काउने र्तसाउने,र्थकाउने काम लामो समय देखि गरिएको छ । विगतमा पनि स्काउटले अवैध रुपमा बनाएकार संरचना भत्काउने काम गर्दा विभिन्न प्रलोभन देखाएर ढाकछोप गर्ने काम गर्दा समेत स्काउटले स्काउटको सम्पत्तिलाई संरक्षण गर्ने काम गरेको छ । त्यो देखर हाम्रो नेतृत्वलाई विगठन गर्ने कर्मचारीलाई धम्काएर भाडा नतिर्ने काम निरन्तर भयो । जब अदालतबाट पुननियुति भएर आफू आएपछि स्काउटको सम्पत्ति संरक्षण गर्ने दायित्व राज्य हो । अब नयाँ ढङगले अगाडी बढ्ने अभियान चलाएका छौंँ । त्यही पक्रिया अनुसार स्काउटको सम्पत्तिमा अवैध रुपमा बनाएको संरचना भत्काउने प्रयत्न गरेका थिर्यौँ  प्रयत्न गर्दा पूर्वराज्य मन्त्रीको नेतृत्वमा स्काउटका कर्मचारीलाई धम्काउने काम भएको छ । आज अचानक कार्यालयमा आएर दिउँसै एक खालका व्यक्तिहरुलाई पठाएर तोडफोड गरि चारेर लानेक काम भएको छ । त्यसको नेतृत्व खड्का डेभलम्भमेन्ट पालीले गरेको छ ।’

विज्ञप्तिमा भनिएकाे छः
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु नियमानुसार बिभिन्न मितिमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. लाई भाडामा दिइएको छ, तर खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले बर्षौंदेखिको ३ करोड १७ लाख ८ हजार ९ सय १०,(रु.३१७०८९१०.६७) भाडा नेपाल स्काउटलाई तिरेको छैन, पटक पटक लिखित र मौखिक आग्रह गर्दापनि भाडा तिर्नुको साटो उल्टै करारमा उल्लेख नै नभएका जग्गाहरु कब्जा गर्ने अवैधानीक रुपमा संरचना बनाउने लगायतका कार्यहरु गर्दै आइरहेको छ । सोहि सन्दर्भमा  हिजो मिति २०७८ फाल्गुण ०९ गते नेपाल स्काउटको जग्गा तथा घरहरु भाडामा लिएको खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. लाई अवैधानिक रुपमा बनाईएका संरचनाहरु हटाउन आग्रह गर्दा उक्त प्रालिका संचालक दिपक खड्काकै नेतृत्वमा आएका व्यक्तिहरु र नेपाल स्काउटका कर्मचारी हरुबिच वादविवाद भएको थियो र उक्त वादविवादका क्रममा नेपाल स्काउटका कर्मचारीहरुलाई धम्की दिने, मोबाइल खोस्ने र हात हाल्ने सम्मको कार्य भएकोमा पछि प्रहरी आई छलफल गरेर विवाद समाधान गर्ने सहमति भएको थियो । घटनाको प्रकृति र कार्यालयको सिसि टिभि फुटेज हेर्दा उक्त विवादमा उपस्थित व्यक्तिहरुनै तोडफोडमा संलग्न भएको देख्न सकिन्छ। गत आइतबार पनि सोही बिषयलाई लिएर केही व्यक्तिहरु कार्यालय प्रमुखलाई भेट्न आएको र सिसि टिभिमा कैद फुटेज हेर्दा सोही व्यक्तिहरुनै आजको घटनामा संलग्न रहेको स्पष्ट देख्न सकिन्छ ।

बालबालिका र युवाहरुको सर्बपक्षिय विकासको क्षेत्रमा कार्य गर्ने पबित्र संस्था नेपाल स्काउटमाथिको यो आक्रमण अत्यन्त निन्दनिय छ । सार्वजनिक सम्पत्ति कब्जा गर्ने मनसायबाट खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. र संचालक दिपक खड्का लगायतले कानुन विपरितका क्रियाकलापहरु गरेको प्रमाणसहित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, नेपाल सरकार र सुरक्षा निकायको ध्यान आकृष्ट गर्न चाहन्छ साथै यस घटनामा संलग्न व्यक्तिहरुलाई यथासक्य छिटो पक्राउ गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न समेत नेपाल स्काउट आग्रह गर्दछ। 

नेपाल सरकारकै एक अभिन्न अंगसमेत रहेको सार्वजनिक कार्यालयमै समेत यस किसिमको घटना हुनु मुलुकको सुरक्षा व्यवस्थाप्रति नै चुनौती दिनु अत्यन्तै लज्जासपद कुरा हो, तसर्थ सार्वजनिक सम्पत्तिको तोडफोड र ल्यापटप चोरीमा संलग्न खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. र संचालक दिपक खड्का लगायतलाई कानुनी कारबाही गर्न तथा सार्बजनिक सम्पत्तीको रक्षा गर्न र राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षाका लागि नेपाल स्काउट जोडदार माग गर्दछ, साथै यस घटनाप्रति खेद व्यक्त गर्न देशैभरिका स्काउट सदस्यहरु तथा प्रदेश र स्थानीय स्काउट कार्यालयहरुलाई आह्वानसमेत गर्न चाहान्छौं।

 

Logo