मल्लकालीन सभ्यताको प्रतिक मानिने पाटनका ढुंगेधाराहरूको कन्तबिजोग (फोटोफिचर)

मल्लकालीन सभ्यताको प्रतिक मानिने पाटनका ढुंगेधाराहरूको कन्तबिजोग (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

मल्लकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा र काठमाडौं उपत्यका पर्याय मानिन्थ्यो। केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन्।

काठमाडाैं क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन्।

ललितपुरको दक्षिण टीकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन्। बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउँछन्। वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउँदा पनि कुरुप बन्दै गएका छन्।

यसैक्रममा काठमाडौं उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्बिरहरुः 

Logo