के ललितपुरका साइकल लेनहरु अतिक्रमणमा परेका हुन् ? (फोटोफिचर)

के ललितपुरका साइकल लेनहरु अतिक्रमणमा परेका हुन् ? (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ। 

ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ । न्युन वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यसप्रकारको अव्यबस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ ।

साइकलको सवारी तर्फ उच्च वर्गको रुची बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः धुँवा फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जानेछ । यसै विषयलाई केन्द्रमा राखेर हामीले ललितपुर महानगरपालिकाभित्र साइकल लेन बनाइएको विभिन्न क्षेत्रमा पुगेर खिचेका तस्वीरहरु आजको फोटो फिचरमा: 

Logo