खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना [फोटो फिचर]

खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । 

एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ । नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए । 

यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन । दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमानेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा नकाल्न सकेको छैन । 

खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् । खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढीरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवद्र्धन हुन नसक्नु दुःखद् हो । यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् ।

भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ । सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरु बिग्रिँदै गएका छन् ।

सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरु जिर्ण बनिरहेका छन् । त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ । 

 

 

Logo