आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्याएको हो ।
दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो । योसँगै नेपालले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । यता ४८ अंकका साथ शीर्ष स्थानमा रहेको स्कटल्यान्ड च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझै छनोट भएको छ ।
नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
तस्विरहरु-
प्रतिक्रिया