बायर्नले स्टुटगार्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो

बायर्नले स्टुटगार्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई २–१ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लेको छ ।बायर्नलाई जित दिलाउन म्याथु डी लिग्ट र एरिक म्याक्सिम मोटिङले एक–एक गोल गरे । यता स्टुटगार्डका जुवान जोसे पेरेयाले एक गोल फर्काए ।

डी लिग्टले खेलको ३९ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा मोटीङले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा स्टुटगार्डका पेरेयाले गोल गरेपनि बायर्न २–१ ले विजयी भयो । जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले २३ खेलमा ४९ अंक जोडेको छ ।

पराजित स्टुटगार्ड १९ अंक जोडेर १५ औं स्थानमा छ ।

Logo