एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइन प्रवेश

एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइन प्रवेश

केन्द्रबिन्दु
0
Shares

इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको दोस्रो खेलमा टोटेनहमसँग गोलरहित बराबरी खेल्दै ११ वर्षपछि मिलान क्वाटरफाइनलमा पुगेको हो । मिलान अन्तिम पटक सन् २०११–१२ को सिजनमा क्वाटरफाइनलमा पुगेको थियो ।

मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । प्रिमियर लिग क्लब टोटेनहम खेलको ७७ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएका थिए ।

Logo