आर्सनलको फुलहममाथि ३–० को सहज जीत

आर्सनलको फुलहममाथि ३–० को सहज जीत

केन्द्रबिन्दु
0
Shares

आर्सनलले फुलहममाथि ३–० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ । 

आइतबार साँझ भएको खेलमा आर्सनलले सबै गोल खेलको पहिलो हाफमा नै गरेको थियो । डिफेन्डर ग्याब्रियलले खेलको २१ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । लगत्तै ग्याब्रिएल मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन लिगमा उनको यो १२ औँ गोल थियो । 

पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले तेस्रो गोल गरे । तीन गोलको अवसर लियान्ड्रो ट्रोसार्डले सिर्जना गरेका थिए । जीतसँगै आर्सनलको २७ खेलबाट ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको ६१ अंक रहेको छ ।

Logo