राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी

राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी

केन्द्रबिन्दु
0
Shares

एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण बार्सिलोनाले जीत हासिल गरेकाे छ । 

राफिनाको निर्णायक गोलमा बार्सिलो ना ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बिल्बाओका थुपै प्रहारहरू विफल बनाएका थिए । अब बार्सा र रियल आइतबार नोउ क्याम्पमा एल क्लासिकोका लागि आमनेसामने हुनेछन् । २५ खेलपछि बार्साको ६५ अंक रहेको छ भने रियल ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ 

Logo