घरेलु मैदानमा सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

घरेलु मैदानमा सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

केन्द्रबिन्दु
0
Shares

एसी मिलान इटालियन सिरी  ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ । घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो ।

सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । 

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ । सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ ।

Logo