कीर्तिपुरमा अझै रोकिएन वर्षा, छाता ओढेर खेल कुर्दै दर्शक [फोटोफिचर]

कीर्तिपुरमा अझै रोकिएन वर्षा, छाता ओढेर खेल कुर्दै दर्शक [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हाे । तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन् । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो । नेपालको सानदार बलिङमा युएईका कुनै पनि खेलाडीको ब्याटिङ चल्न सकेन । १६ ओभरमा ६०-५ को दयनीय अवस्थामा रहेको युएईका लागि अशिफ खानले सर्वाधिक ४६ रन जोडे । त्यस्तै, ओपनर आर्यन लाक्राले १३ रन, कप्तान मुहम्मद वासिमले ११ रन र बसिल हमिदले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामी र गुल्सन झाले समान एकएक विकेट लिएका छन् । उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ । 

Logo