एसिया कपः भारत र पाकिस्तानको बलिङ र ब्याटिङसामु टिक्ला त नेपाल ? [भिडियाेसहित]

एसिया कपः भारत र पाकिस्तानको बलिङ र ब्याटिङसामु टिक्ला त नेपाल ? [भिडियाेसहित]


श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा एक महिनापछि एसियन क्रिकेटकै सबैभन्दा ठुलो प्रतियोगिता  एसिया कपको आयोजना गर्दैछ । ६ टोली सम्मिलित प्रतियोगितामा ३–३ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ जम्मा १३ खेल खेलाइनेछ । 

१६औं संस्करणको एसियाकपमा नेपाललगायत अन्य पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तान सहभागी छन् । छनौटको हिसावले दोस्रो पटक एसियाकप खेल्न लागेको नेपाल यसअघि सन् २००५ मा पनि एसियाकपमा छनौट भएको थियो । तर सो वर्षको एसिया कप भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेको कारण रोकिएको थियो । 

तालिका अनुसार एसिया कपको १६औं संस्करणमा नेपालले पहिलो खेलमा आयोजक राष्ट्र पाकिस्तानविरुद्ध भदौ १३ गते पाकिस्तानको मुल्टानमा र भारतविरुद्ध भदौ १८ गते श्रीलङ्काको केन्डीमा प्रतिस्पर्धा गर्नेछ । यस्तै, अर्को समूहतर्फ अफ्गानिस्तानले बङ्ग्लादेश र श्रीलङ्काको सामना गर्नेछ । 

नेपाली क्रिकेटको २७ वर्षे अन्तर्राष्ट्रिय करिअरमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने मौका यही एसियाकपबाट पाउँदै छ ।

२१ वर्षपछि पुन: एसियाकपमा छनौट भएको नेपाल सबैभन्दा कठिन समूहमा परेको छ । नेपाल रहेको समुह ‘ए’ मा भारत र पाकिस्तान जस्ता क्रिकेटकै हस्ती टोली रहेका छन् । यी दुबै राष्ट्रलाई विश्व क्रिकेटकै सबैभन्दा बलियो टोलीका रुपमा हेरिन्छ । यी दुई टोलीले विश्व क्रिकेटमा जित्न सकिने सबै प्रकारका उपाधिहरु जितिसकेका छन् ।

May be an image of 8 people and text

नेपाली क्रिकेटको २७ वर्षे अन्तर्राष्ट्रिय करिअरमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने मौका यही एसियाकपबाट पाउँदै छ । जुन नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो चुनौती हो । एसियाकपमा सबैभन्दा ठुलो चुनौतीको सामना गर्न जादाँ नेपाली क्रिकेटको फर्म भने धर्मराएको छ । नेपाली क्रिकेट टोलीले पछिल्ला प्राय: सबै खेलहरुमा निम्न स्तरको प्रदर्शन गर्दै आइरहेको छ । नेपालले भर्खरै एसीसी इमर्जिङ एसियाकमा भारत र पाकिस्तानका दोस्रो दर्जाका खेलाडीसँग खेल्दा नै नेपाली टोलीको स्तर छर्लङ भइसकेको छ । 

May be an image of 5 people and suit

नेपालले भर्खरै एसीसी इमर्जिङ एसियाकमा भारत र पाकिस्तानका दोस्रो दर्जाका खेलाडीसँग खेल्दा नै नेपाली टोलीको स्तर छर्लङ भइसकेको छ । 

श्रीलङ्कामा सम्पन्न सो प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दा १० ओभर भित्र ६ विकेट गुमाइसकेको थियो । यस्तै भारत ‘ए’ सँग पनि नेपालको हालत उस्तै भएको थियो । अब त नेपाली बलर र ब्याटरले सामना गर्ने भनेको विराट कोहली र बाबर आजम जस्ता खेलाडीको ब्याटिङ तथा जसप्रित बुमराह र साहिन अफ्रिदीको बलिङ हो । जुन आफैँमा चुनौतीपूर्ण रहेको छ । तर के नेपाली क्रिकेटले एक महिनाभित्र खेल्ने शैलीमा आमुल परिवर्तन गर्दै पाकिस्तान र श्रीलंका भ्रमणलाई अर्थपूर्ण बनाउन सक्ला ? 

एसियाकप क्रिकेटमा नेपाली टोलीले टेष्ट राष्ट्रविरुद्ध खेल्दा के कस्ता पक्षमा सुधार गर्नुपर्ला ?  

May be an image of 16 people and textएसियाकपमा नेपालले आफ्नो गहिरो प्रभाव छाड्नका लागि बढी भन्दा बढी मैत्रीपूर्ण खेलहरु खेल्न आवश्यक छ । त्यसको पहिलो पाइलाको रूपमा अहिले खेलाडीहरुले श्रीलङ्कामा दुई हप्ते ‘हाई पर्फर्मेन्स क्याम्प’ मा तयारी गरिरहेको खेललाई मान्न सकिन्छ । इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलङ्का पुगेको नेपाली टोलीले दुई हप्ताको बीचमा श्रीलङ्काको राम्रो टोलीसँग ४ वटा खेल खेल्नेछ । यस्तै श्रीलङ्काबाट फर्के लगतै खेलाडीहरूको प्रशिक्षण अभियान झन् तीव्र गतिमा बनाउने क्यानको योजना रहेको छ ।

यसैगरी नेपाली क्रिकेटको अर्को कमजोर पक्ष भनेको शारीरिक र मानसिक तयारी हो । नेपाली टोलीमा कमजोर शारीरिक क्षमता देखिएको छ । अनि विपक्षीको तीव्र गतिको बलिङको सामना गर्न नसक्नु नेपालको मुख्य कमजोरी साबित भइसकेको छ । नेपालले विगतमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यति तीव्र गतिका बलरहरूलाई कमै मात्र झेलेको देखिन्छ । पाकिस्तानी फास्ट बलर साहिन अफ्रिदीको गति नै १५१ किलोमिटर प्रतिघण्टा रहेको छ भने भारतीय बलर जसप्रित बुमराको गति त झन् १५३.३६ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ । जुन नेपाली क्रिकेट खेलाडीका लागि निकै सकसपूर्ण स्पिड हो । नेपाली खेलाडीलाई यती स्पिडको बलमा खेल्ने बानी नै छैन । प्रतियोगिताको दौरान कुनै पनि टोलीले विपक्षीको कमजोर पक्षमै सबैभन्दा धेरै प्रहार गर्ने गर्छन् । 

नेपाली क्रिकेटले अबको एक महिनामा आफ्नो खेल्ने शैली परिवर्तन गर्दै शारीरिक र मानसिक आत्मबल बढाउँदै टेष्ट राष्ट्रलाई कडा चुनौती पेस गरेमा संसारको नेपाली क्रिकेट खेलाडी प्रतिको नजर परिवर्तन हुनेछ ।

May be an image of 10 people and helicopter

नेपाली टोलीका सदस्य प्राय: होचा कदका छन् । जिम्बाब्वे यात्राका क्रममा यही कमजोरीलाई नियाल्दै वेष्ट इन्डिज र जिम्बाब्वेले नेपाली टोलीलाई सहजै बिट गरेको थियो । यसैगरी जिम्बाब्वे यात्राकै क्रममा बलिया टोलीविरुद्ध कमजोर मानसिकताका कारण सहज क्याच र फिल्डिङमै चुकिरहेकाे थियो । 

यही कमजोरीको फाइदा भारत र पाकिस्तानले पनि उठाउने पक्का छ । यी दुबै राष्ट्रसँग विश्वस्तरका बलिङ र ब्याटिङमा निखारिएका खेलाडीहरु छन् । हरेक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा मुख्य दाबेदारी प्रस्तुत गर्दै आइरहेको भारत र पाकिस्तानले नेपाली टोलीलाई सहजै हराउने पक्का देखिएता पनि नेपाली क्रिकेटले अबको एक महिनामा आफ्नो खेल्ने शैली परिवर्तन गर्दै शारीरिक र मानसिक आत्मबल बढाउँदै टेष्ट राष्ट्रलाई कडा चुनौती पेस गरेमा संसारको नेपाली क्रिकेट खेलाडी प्रतिको नजर परिवर्तन हुनेछ । तर त्यसका लागि नेपाली क्रिकेट टोलीले आफ्ना सम्पूर्ण कमजोर पक्षलाई सुधार गर्नुपर्ने छ । यसो गर्न सकेको खण्डमा नेपाली टोलीबाट एसियाकपमा केही सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ ।  

Logo