एसिया कप क्रिकेटमा नेपाल कहाँ चुक्यो ?

एसिया कप क्रिकेटमा नेपाल कहाँ चुक्यो ?

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटको २७ वर्षे इतिहासमा पहिलो पटक एसिया कप क्रिकेटमा छनौट भयो।

गएको बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल अपराजित हुँदै फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपका लागि छनोट भएको थियो। नेपालले पहिलोपटक शीर्ष वरीयताका देशसँग क्रिकेट खेल्न लागेको थियो। 

गएको बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल अपराजित हुँदै फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपका लागि छनोट भएको थियो।

पाकिस्तान र भारत नेपालको छिमेकी देश भएर पनि यी देशका सिनियर टोलीसँग नेपालले कहिल्यै क्रिकेट खेलेको थिएन। एसियाकप नै नेपालका लागि पहिलो अवसर बनेको थियो।

नेपालले पूर्ण टेष्ट राष्ट्र भारत र पाकिस्तानविरुद्ध खेल्नुअघि केही महिनाअघि मात्रै जिम्बाब्वे,आयरल्यान्ड र वेस्ट इन्डिजसँग खेलेको थियो।नेपालले त्यो प्रतियोगितामा पनि उल्लेखनिय प्रदर्शन गर्न सकेन।

May be an image of 3 people and text

एसियाकपका लागि जति अभ्यासमा जुट्नुपर्ने हो त्यति नजुटेको देखिन्थ्यो। नेपालका लागि एशिया कपको पहिलो खेल एसियाकपको उद्दघाटन खेलमा नेपाली टोलीसँग अनुभवको अभाव प्रष्ट देखिन्थ्यो।

यसको नतिजा पाकिस्तानविरुद्धको खेलमा सबैले देखि पनि सके। नेपाली टोली तीन वटै क्षेत्र(ब्याटिङ, बलिङ र फिल्डिङ) मा निकै कमजोर देखिएकाे थियाे। नेपाल पाकिस्तानका सामु निरिह नै देखियो। 

टस हार्दै पहिले बलिङको निम्तो पाएको नेपालले सुरुवातमा निके राम्रो बलिङ गरेको थियो। नेपालले पाकिस्तानका फखर जमान र इमाम-उल-हकलाई आउट गरेर शुरुआतमै दबाद दिन सफल भएको थियो। पाकिस्तानको स्कोरबोर्डमा २५ रन हुँदा दुवै ओपनर पेभिलियन फर्किसकेका थिए। 

नेपालले पाकिस्तानका फखर जमान र इमाम-उल-हकलाई आउट गरेर शुरुआतमै दबाद दिन सफल भएको थियो।

पाकिस्तान पहिलो पावरप्लेमा ४४.२ को अवस्थामा थियो। तर कप्तान बाबर आजम र मोहम्मद रिजवानले पाकिस्तानी इनिङ्स निकै बलियो तरिकाले सम्हाले। विश्वस्तरीय ब्याट्सम्यानसँग खेलिरहेका नेपाली खेलाडीहरूले महत्त्वपूर्ण अवसरहरूमा क्याच छाडिदिँदा मध्य ओभरमा कुनै विकेट लिनै सकेन। 

यस्तो अवस्थामा जीवनदानको फाइदा उठाउँदै बाबर आजम र इफ्तिखार अहमदले नेपालविरुद्ध शतक नै बनाए। जहाँ यी दुई खेलाडीले नेपालका लागि ३४२ रनको विशाल लक्ष्य खडा गरिदिए। 

विशाल लक्ष्य पछ्याएको नेपालको शीर्ष क्रम पाकिस्तानी तीव्र गतिका बलरसामु निरिह बन्यो। नेपालको १४ रन हुँदा ओपनर कुशल भुर्तेल र आसिफ शेखसहित कप्तान रोहित पौडेलले विकेट गुमाए। 

शीर्ष क्रम नचलेपछि दबाब मध्यक्रममा आयो। जहाँ आरिफ शेखले सोमपाल कामीले अर्धशतकीय साझेदारी त गरे तर त्यो जितका लागि पर्याप्त थिएन। नेपाल पाकिस्तानी बलरका अघि १०४ रनमै अलआउट हुन पुग्यो। 

पाकिस्तानसँगको फराकिलो हारपछि नेपाल प्रतियोगिताबाट बाहिरिने पक्का-पक्की नै भइसकेको थियो। किनकी भारत र पाकिस्तानबीचको शनिबारको खेल वर्षाको कारण रद्द हुँदा दुवै टिमले अंक बाँडेका थिए। भारतलाई ‘सुपर फोर’मा पुग्न नेपालसँगको खेलमा एक अंक नै काफी थियो। 

तर त्यो अंक खोस्न विश्व विजेता भइसकेको टोलीलाई सहज भएन। वर्षाले दुईपटक अवरुद्ध भएको खेलमा भारतले अन्तिम १२ बल बाँकी हुँदा नै नेपालविरुद्ध जित हासिल गर्न सफल भयो।

May be an image of one or more people and people playing football

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निकै राम्रो सुरुवाट गरेको थियो। भारतले नेपाली ब्याटरलाई आउट गर्न पाएको मौका पनि सदुपयोग गर्न सकिरहेको थिएन।

पहिलो ओभरको अन्तिम बलमा श्रेयस अय्यरले कुशल भुर्तेललाई आउट गर्नेबाट चुके भने दोस्रो ओभरको पहिलो बलमै विराट कोहलीले आसिफ शेखको क्याच सहजै छोडे। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निकै राम्रो सुरुवाट गरेको थियो। भारतले नेपाली ब्याटरलाई आउट गर्न पाएको मौका पनि सदुपयोग गर्न सकिरहेको थिएन।

त्यसपछि पनि पाँचौँ ओभरको दोस्रो बलमा विकेटकिपर इशान किशनले कुशलकै क्याच छोडेर नेपाललाई जिवनदान दिइनै रहे। जीवनदानको सदुपयोग गर्दै कुशल र आसिफले नवौँ ओभरमा ५० रनको साझेदारी गरे। कुशल १०औँ ओभरमा ३८ रन बनाएर आउट भए। यी दुई खेलाडीले ५९ बलमा ६५ रनको साझेदारी गरे।

१० ओभर सकिँदा नेपालको स्कोर एक विकेटको क्षतिमा ६५ रन थियो। तर त्यसपछि भने नेपालको मध्यक्रम धर्मराउन थाल्यो। कप्तान रोहित पौडेल,भीम सार्की र कुशल मल्ल भारतीय स्पिनर रविन्द्र जडेजाको बलमा सस्तैमा आउट भए।

मध्यक्रम भारतीय बलरसामु सस्तैमा आउट भएपछि आशिफले छैटौँ क्रममा ब्याटिङमा आएका गुलशन झासँग ४८ बलमा ३१ रनको साझेदारी गर्दै टोलीलाई १३२-५ को स्थितिमा पुर्याएका थिए। तर उनी मोहम्मद  क्याच आउट हुनपुगे। उनले ९७ बलमा ५८ रन बनाए। 

मध्यक्रमका चार ब्याटर सस्तैमा पेभेलियन फर्किएपछि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको इनिङ्सलाई अगाडि बढाए। उनीहरूले ५६ बलमा ५० रनको साझेदारी गरे। तर ४२औँ ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरी २९ रन बनाउँदा हार्दिक पाण्ड्याको बलमा एलबीडब्ल्यू आउट भए। 

त्यसपछिका ८ ओभरमा अन्य ब्याटरले सोमपाललाई साथ नदिँदा नेपालले ठुलो लक्ष्य दिनबाट चुकेको थियो। सोमपाल कामी करिअरको तेस्रो अर्धशतक बनाउनबाट मात्र दुई रनले चुक्दा नेपालले भारतलाई २३१ रनको मध्यम लक्ष्य मात्रै दिन सक्यो।

 
नेपालले दिएको मध्यम लक्ष्य पूरा गर्न उत्रिएको भारतले पहिलो ओभरमा राम्रो गर्न सकेन। करण केसीले रोहित शर्मालाई कुनै रन नै बनाउन दिएनन्। दोस्रो ओभरमा भने शुभमन गिलले सोमपाल कामीको बलमा तीन चौका प्रहार गर्न सफल रहे। 

यतिकैमा खेल वर्षाका कारण दुईपटक रोकियो। वर्षाकै कारण खेल अवरुद्ध हुने पक्का-पक्की भइसकेको अवस्थामा खेल अम्पाएरले भारतलाई नेपालले दिएको लक्ष्य पुरा गर्न २३ ओभरमा १४५ रन बनाउने नयाँ लक्ष्य दिए। 

लक्ष्य प्राप्तिका लागि पुनः रोहित शर्मा र शुभमन गिल क्रिजमा फर्किए। दुवै ओपनरले नेपालविरुद्ध १२१ बलमा १४७ रनको अविजित साझेदारी गर्दै भारतलाई १० विकेटको जित दिलाए।

यसरी नेपाल एसियाकपमा पाकिस्तान र भारतसँग दुबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरी सकेको छ। पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रदर्शन चित्तबुझ्दो नरहे पनि नेपाली टोलीको सम्भावना त्योभन्दा माथि रहेको हामीले यसअघि पनि देखिसकेका छौँ।

नेपालले पाकिस्तान ब्याटरहरुको जुन गतिमा विकेट लिइरहेको थियो त्यो गतिलाई निरन्तरता दिन सकेको भए नेपालले पाकिस्तानलाई सहजै हराउन सक्थ्यो। 

नेपाली खेलाडीहरुले एसिया कपमा क्षमताभन्दा राम्रो खेले भन्दा अतिश्योक्ति नहोला। तर, बलिङ, ब्याटिङ र फिल्डिङ तिनै क्षेत्रमा चुक्दा नेपाल सम्हालिनै सकेन।अबका दिनमा भारत र पाकिस्तान जस्ता ठुला राष्ट्रहरुसँग खेल्नुअघि आवश्यक सबै अभ्यास खेलहरु खेल्न जरुरी देखिन्छ। 

नेपालले पाकिस्तान ब्याटरहरुको जुन गतिमा विकेट लिइरहेको थियो त्यो गतिलाई निरन्तरता दिन सकेको भए नेपालले पाकिस्तानलाई सहजै हराउन सक्थ्यो। 

 

आफूभन्दा उच्च रर्याङमा भएका राष्ट्रहरुसँग अभ्यासको खेलहरु क्यानले खेल्ने प्रबन्ध मिलाउनुपर्ने देखिन्छ भने अनुभवका लागि डोमेस्टिकदेखि इन्टरनेसनल हरेक खेललाई उतिकै महत्वका साथ हेरी धेरैभन्दा धेरै प्रतियोगिता खेल्नुपर्ने अवश्यता छ।

Logo