बेसरम राज्यबाट विमलको बर्हिगमन

बेसरम राज्यबाट विमलको बर्हिगमन

केन्द्रबिन्दु
0
Shares

दर्शकहरु खेल हेर्न ओइरिएका थिए । दशरथ रंगशाला खचाखच थियो । दशौं संस्करणअन्तर्गत भएको साफ च्याम्पियनसिपमा पाकिस्तानले नेपाललाई दबावमा राखिरहेको थियो । खेलमा पाकिस्तानले बाजी मार्ने पक्का जस्तै थियो । पाकिस्तान एक गोलले अगाडि थियो र खेल अवधि गुज्रिनै लागेको थियो । 

दर्शकहरुको उत्साह ह्वात्तै घटेको थियो । त्यही बेला नेपालको टोलीबाट मैदानमा आलाकाँचो युवाले प्रवेश गरे । लगत्तै विपक्षीबाट बल आफ्नो खुट्टामा लिए । तिब्रतासाथ अगाडि बढाए र गोलरक्षकलाई कुनै मौका नदिई प्रहार गरे । खेलको इन्जुरी समयमा गरेको यो गोलले अनपेक्षित रुपमा नेपाली दर्शकको खुसी फर्काइदियो । हारको मनस्थितीमा पुगेका दर्शकहरु उत्साहले एकसाथ चिच्याए, ‘गोल…….।’

Le fabuleux destin du Népalais d'Anderlecht - La DH/Les Sports+

२५ नम्बर जर्सीमा उत्रिएका त्यो फुर्तिलो केटो को थियो ? धेरैले ठम्याउन सकेनन् । किनभने त्यसबेलासम्म उनको खास चिनारी बनिसकेको थिएन । भोलिपल्ट मूलधारका पत्रपत्रिकामा प्रमुखताका साथ त्यही फोटो छापिएको थियो, जसमा एक लजालु केटो दर्शकतर्फ हात उठाइरहेका थिए । र त्यो अनुहार थियो, विमल घर्ती मगरको । त्यसबेला बिमलको उमेर मात्र १४ बर्षको थियो । हलक्कै बढेको, लजालु चेहेराको, छरितो ज्यानको विमलको त्यो गोल आफैमा किर्तिमान थियो । 

अन्तर्रांष्ट्रिय फूटबलमा त्यसअघि यति कान्छो उमेरका बिरलै खेलाडीले गोल गरेका थिए । त्यो रोलक्रममा विमल विश्वकै छैठौं कान्छो खेलाडी दरिए, अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने । रमाइलो कुरा त के भने सन् २०१५ को साफ च्याम्पियसनसीपमा उनले खेल सुरु भएको दुई मिनेट नबित्दै गोल गरेर अर्को किर्तिमान बनाएका थिए । साफ च्याम्पियनसीपमा सबैभन्दा छोटो अवधिमा गोल गर्ने खेलाडीको रुपमा पनि उनको नाम रह्यो । 

अन्तर्रांष्ट्रिय फूटबलमा त्यसअघि यति कान्छो उमेरका बिरलै खेलाडीले गोल गरेका थिए । त्यो रोलक्रममा विमल विश्वकै छैठौं कान्छो खेलाडी दरिए, अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने ।

नेपाली राष्ट्रिय फुटबलले सर्वाधिक आशा गरेको खेलाडी थिए विमल घर्ती मगर । राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको जोडदार खेल कौशलले दर्शकलाई चकित बनाएको थियो । 

विदेशी मैदानमा राष्ट्रिय झन्डा ओडेर उत्रिएका बिमलले आफ्नो टिमलाई थुप्रै पटक शानदार जीतको भागिदार बनाए । विमलको आगमन नेपाली फुटबलका लागि एउटा उपलब्धि थियो । कलिलो उमेरमै पाएको नेम र फेमलाई जोगाउँदै विमल निरन्तर मैदानमा उत्रिरहे । मैदानमा उनको प्रवेश नै नेपाली दर्शकको लागि ठूलो आड हुन्थ्यो । 

विमलको बिरासत 
नवलपरासीको एउटा सामान्य परिवारमा जन्मिएका विमलले सानो संघर्ष र दुःखले यो स्थान बनाएका थिएनन् । फुटबल उनको सपना थिया, उनको जीवन थिया, उनको संसार थियो । त्यसैले उनी फुटबलभन्दा दायाँबायाँ ढल्किएनन् । उनीमाथि संभावना देखेर नै अखिल नेपाल फुटबल संघले सानैमा उनलाई काठमाडौं ल्याए र फुटबलमा थप प्रशिक्षित गर्न थाल्यो । 

सन् २०१२ सम्म आइपुग्दा विमल राष्ट्रिय फुटबल टिममा आबद्ध भइसकेका थिए । दशरथ रंगशालामा बंगलादेश विरुद्धको खेलमा सामेल हुँदै उनी राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यतिबेला उनको उमेर मात्र १४ बर्षको थियो । यतिको कलिलो उमेरमा राष्ट्रिय टिममा जोडिनु आफैमा एउटा किर्तिमान थियो । १५ बर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय गोल गरे, १६ बर्षको उमेरमा युरोपको क्लबमा आबद्ध भए । 

नवलपरासीको एउटा सामान्य परिवारमा जन्मिएका विमलले सानो संघर्ष र दुःखले यो स्थान बनाएका थिएनन् । फुटबल उनको सपना थिया, उनको जीवन थिया, उनको संसार थियो ।

त्यसयता उनले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेले । र, धेरैजसो खेलमा घरेलु दर्शकलाई रोमाञ्चित बनाइरहे । कति खेलमा उनकै गोल निर्णयक हुन पुग्यो । नेपाली राष्ट्रिय टिमका प्रमुख फरवार्ड विमलले साफ च्याम्पियनसिपमा पाकिस्तान बिरुद्ध गरेको गोल होस् वा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मौरिसस बिरुद्ध गरेको गोल नै, निकै शानदार थियो । 

ANFA | Bimal Gharti Magar scores in return to national team as Nepal edge  Mauritius

नेपाली फुटबलमा उच्च माग भएका खेलाडी मात्र थिएनन् विमल, बजारले पत्याएका अनुहार पनि । त्यसैले त मैदानदेखि विज्ञापनसम्ममा उनी छाइरहेका हुन्थे । यसअघि कुनैपनि नेपाली फुटबलरले यस्तो ‘ग्ल्यामर’ पाएको थिएन । तर, फुटबलको गर्बिलो इतिहास बनाउँदा बनाउँदै बिमलले एकाएक देश छाडे । 

किन बिरक्तिए बिमल ? 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ औसत ३५ सय युवाहरु बाहिरिन्छन् । परिवार र आफन्तजनबाट टाढिएर यसरी देश छाड्नेहरुको लर्कोमा मिसिए विमल घर्ती मगर पनि । अनि उडे, अष्ट्रेलिया । आफ्नो जल्दोबल्दो करियरलाई त्यागेर उनी किन सात समुन्द्र पारीको देशतिर हान्निए ? 

यो प्रश्नको उत्तरले विमलको सुखभोग गर्ने मनस्थितीलाई होइन देशको विरक्तलाग्दो हालतलाई उजागर गर्छ । एउटा प्रतिभाशाली युवा खेलाडी आफ्नो थातथलो छाडेर पराय भूमिमा जानुको पछाडि के कारण हुनसक्छ । रहर वा बाध्यता ? 

संभवत उनले फुटबल करियरमा सोचेका थिएनन्, कुनै दिन फुटबल छाड्छु । घरेलु मैदान छाड्छु । जर्सी छाड्छु र सधैका लागि देश छाड्छु । समयक्रमले उनलाई त्यही ठाउँमा पुर्याइदियो, जहाँ उनले देश छाड्ने मनस्थिती बनाए । उनले यस्तो मनस्थिती बनाउनुको पछाडि विदेशको सुखसयल, भव्यता, आकर्षण, सेवा सुविधा मात्र जिम्मेवार छैन । युवाहरुलाई देशमा गरिखानै नदिने र विदेश लखेट्ने राज्यको गुप्त परिपाटी जिम्मेवार छ । 

युवाहरु भन्छन्, ‘यहाँ न केही गर्न सकिन्छ, न केही गर्न दिन्छ नै ।’

युवा लखेट्ने राज्य
राज्य भन्छ, ‘युवा भनेको देशको खम्बा हुन् । उर्जाको स्रोत हुन् । भविष्यका कर्णधार हुन् ।’ तर त्यही युवाले केही गर्न खोजेमा पाइला पाइलामा तर्साउने, हतोत्साही गर्ने, बाधा–अड्चन ल्याउने अदृश्य प्रणाली विद्यमान छ राज्यमा । नेताका आसेपासे, पार्टीका कार्यकर्ता नभई केही गर्नै नसकिने संयन्त्रमा जकडिएको छ मुलुक । यस्तो मुलुकमा कुनै स्वच्छन्द युवाले न उद्यम गर्न सक्छन् न सहज रोजगारी । युवाहरु भन्छन्, ‘यहाँ न केही गर्न सकिन्छ, न केही गर्न दिन्छ नै ।’

कुनै युवाले केही उद्यम, व्यवसाय वा केही गर्छु भनेर अगाडि बढ्दा सरकारी कामकाजमै ठूलो झन्झट ब्यहोर्नुपर्छ । कागजात मिलाउँदैमा ‘बाबुको बिहे’ देखाइदिन्छ । बैंक एवं वित्तिय संस्थाले आर्थिक व्यवस्थापनमा सहजै सहयोग गरिदिदैन । 

राज्यबाट पाउने सुविधा, छुट नेताका सन्तान र कार्यकर्ताभन्दा बाहिर जादैन । बजारमा विचौलियाको राज छ । यस्तो पृष्टभूमीमा युवाहरु राज्यप्रति उदासिन छन् र ‘देशमै बस्दा भविष्य अन्धकार हुन्छ’ भन्ने मनोदशामा छन् । 

खेलसँग सम्बन्धित कुनै पनि संघ संस्था पार्टी र नेताको स्वार्थबाट मुक्त छैन ।

आर्थिक, सामाजिक असुरक्षासँग भविष्यको भयले पनि अधिकांश युवा पासपोर्ट च्यापेर धमाधम उड्दैछन् । युवाहरुको त्यही जमातमा मिसिएर विमल पनि अष्ट्रेलिया उडे । संभवत उनले नेपालमै फुटबल खेलेर ‘भविष्य बनाउन सकिदैन’ भन्ने निर्क्याैल गरे । किनभने उनले देखिसकेका छन्, उनीभन्दा अगाडिका खेलाडीहरु अहिले कुन हालतमा छन् । सानो रोग लाग्यो भने दोबाटोमा बसेर कचौरा थाप्नुपर्ने स्थिती छ । खेल, साहित्य, कला, कृषि, उद्यम कुनैपनि क्षेत्रप्रति राज्य उत्तरदायी छैन । सबैतिर राजनीतिक दुर्गन्ध छ । त्यसले राष्ट्रिय खेलकुद परिषदलाई समेत दुर्गन्धित बनाएको छ । खेलसँग सम्बन्धित कुनै पनि संघ संस्था पार्टी र नेताको स्वार्थबाट मुक्त छैन । यस्तो स्थितीमा एउटा प्रतिभावान खेलाडीहरुले रोज्ने भनेको ‘सुरक्षित भविष्य’ नै हो । निसन्देह विमलले देशमा आफ्नो भविष्य सुरक्षित ठानेनन् । 

No photo description available.

देशभक्तको गीत र बाध्यताको भुँमरी 
‘उत्तार–चढावपश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झन्डा अंकित जर्सी लगाएर छातीमा हात राख्दै मनैदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन ।’

एकपटक बिमलले सामाजिक सञ्जालमा लेखेको स्टाटस हो यो । एउटा खेलाडी जब मैदानमा उत्रन्छन्, राष्ट्रिय झन्डा र गीतप्रति उसको कति ठूलो सम्मान र प्रेम हुन्छ भन्ने यसबाट बुझ्न सकिन्छ । घरेलु मैदानमा मात्र होइन, अर्काको भूमिमा पनि राष्ट्रिय झन्डा फहराउने र गीत घन्काउने एउटा माध्याम हो खेलकुद । तर, मनभरी मुलुकको माया संगालेर खेलकुदमा मरिहत्ते लागिपर्ने खेलाडीहरु बल र बैंश सकिएपछि बिदेशिनुपर्ने नियती छ । यस्तो नियतीसामु सायद देशभक्ति पनि फिका हुन्छ । 

विमल बाहिरिनु भनेको केवल एउटा खेलाडी गुमाउनु मात्र होइन । खेलाडी त फेरि अर्को जन्मिएलान् । तर यसले समग्रमा के बुझाउँछ भने, युवाहरुले देशको भविष्य उज्यालो देखेका छैनन् ।

विमल बर्हिगमनको सन्देश 
‘विमल घर्ती मगर अष्ट्रेलिया पलायन’ । सरसर्ती सुन्दा त यो त्यती भयंकर कुरा लाग्दैन । धेरैको निम्ति चियागफको एउटा रसिलो बिषय बन्न सक्छ । तर बेसरम राज्यको लागि बिमलको बर्हिगमन अपशगुनको सूचना हो । एउटा होनाहार खेलाडी किन देशमै बस्न सक्दैनन् ? खेल खेल्दा खेल्दैको अवस्थामा किन मैदान अनि देशै छाडेर बाहिरिन्छन् ? 

यसले राज्यको बेसरम अनुहार उदांगो बनाइदिन्छ । विमल बाहिरिनु भनेको केवल एउटा खेलाडी गुमाउनु मात्र होइन । खेलाडी त फेरि अर्को जन्मिएलान् । तर यसले समग्रमा के बुझाउँछ भने, युवाहरुले देशको भविष्य उज्यालो देखेका छैनन् । देशमा बसिरहँदा उनीहरुले आफूलाई असुरक्षित महशुस गर्न थालेका छन् । देशमा न बर्तमान छ, न भविष्य भन्ने विशाद मनोदशाले युवाहरुलाई धमाधम देश छाड्न बाध्य बनाउँदैछ । पाखुरीमा बल भएको, हातमा सीप भएको, कला र क्षमता भएको युवाहरुको यो पलायनको चक्रले देशलाई मरुभूमि बनाउन सक्छ । 

ख्यालठट्टामा भएपनि मान्छेहरु भन्न थालेका छन्, ‘सहज भिषा पाउनु हो भने वा भिषा फ्रि हुनु हो भने नेपालमा एक जना पनि युवा बस्दैनन् ।’ यो ठट्टा होइन, सत्य हो । विमल स्वयंले यो सत्यलाई आत्मसात गर्दै फेसबुकमा लेखेका छन्, ‘भाग्यमा जे लेखिएको छ त्यो मेटाउन नसकिएला । तर केही नयाँ त लेख्न सकिन्छ नि ।’

Logo